माना–चामल सम्बन्धी मुद्दा तीन महिनाभित्र फैसला गर्न निर्देशन

सुर्खेत ,१५ पुस ।

प्रधानन्यायधीस सुुशीला कार्कीले राज्यले ठूलाबडाका लागि मात्र न्यायालय खडा नगरेको भन्दै अन्याय भए निर्धक्क अदालत आउन पीडितलाई आग्रह गर्नुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित न्यायमा महिलाको पहुँचको बिषयक अन्तरक्रियामा प्रधानन्यायधिस कार्कीले माना–चामल सम्बन्धी मुद्दा तीन महिनाभित्र फैसला गर्न मातहतका निकायलाइ निर्देशन दिनु भयो ।

पीडित महिलाले निर्धक्क अदालत पुग्ने वातावरण बनाउन आग्रह गर्दै उहाँले उनीहरुको अदालती शुल्क मिनाहा गर्न समेत आफूले पहल थालेको जनाउनुभयो ।

शिक्षा र चेतनामा जोड दिन सके महिला हिंसा क्रमश न्यूनीकरण हुने भन्दै उहाले समस्या उजागर गर्ने मात्र नभई समाधान तर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।

प्रधानन्यायधीश कार्कीले राज्यले ठूलाबडाका लागि मात्र न्यायालय खडा नगरेको भन्दै अन्याय भए निर्धक्क अदालत आउन पीडितलाई आग्रह गर्नुभयो ।

शुक्र, पुस १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया