बच्चा जन्मिनासाथ मार्ने सुनमाया पक्राउ

ललितपुर, १५ पुस । नवजात शिशु जन्माई हत्या गरेको अभियोगमा ललितपुर, बज्रबाराही नगरपालिका–११ टाखेल बस्ने सिन्धुपाल्चोक, ईर्खु–७ की १८ वर्षीया सुनमाया तामाङलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । बुधबार नवजात छोरा शिशु जन्माई घाँटी थिचेर हत्या गरी घरको भुइँतलाको शौचालयभित्रको पानी राख्ने ट्याङ्कीमा फालेको अवस्थामा शिशुको शव फेला परेपछि तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

शुक्र, पुस १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter