पहिचान र अधिकार दिए राष्ट्रिय एकता बलियो हुन्छः प्रम

पौष १५, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैको पहिचान र अधिकार स्थापित गरेर मात्रै राष्ट्रिय एकता बलियो हुने बताउनु भएको छ ।

तमु ल्होसारको उपलक्ष्यमा टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले कसैको अपनत्व र अस्तित्वलाई कमजोर पारेर राष्ट्रिय एकता बलियो नहुने बताउनु भयो ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलूक भएकाले सबैलाई पहिचान र अधिकार दिएर मात्र राष्ट्रिय एकता बलियो बनाउन सकिने बताउनु भयो ।

उहाले भन्नुभयो ,हाम्रा संस्कार, संस्कृति राष्ट्रिय पहिचान र पूँजी हुन् ,त्यसलाई लत्याएर एकता र विकास सम्भव छैन ।

आफू निरन्तर राष्ट्रिय एकता र पहिचानको पक्षमा रहेकोमा जोड दिँदै प्रधानमन्त्री दाहालले पहिचान र अधिकारका पक्षमा आफ्नो नेतृत्वमा नै परिवर्तन भएको र जनयुद्धकै बलमा अघिल्लो कार्यकालमा मधेशी समुदायबाट राष्ट्रपति निर्वा्चित हुनुभएको चर्चा गर्नुभयो ।

राष्ट्रका महत्वपूर्ण र नेतृत्वदायी भूमिकामा अहिले महिला , जनजातिको प्रतिनिधित्व रेहेको भन्दै उहाले यो सबै जनयुद्ध र माओवादी आन्दोलनकै देन भएको बताउनु भयो ।
आफु कहिल्यै शोषण र जातीय अहंकारको पक्षमा नरहेको भन्दै उहाले सरकारले कसैलाई बिभिेद नगर्ने स्पष्ठ पार्नुभयो ।
कार्यक्रममा नेताहरु गोपालमान श्रेष्ठ, देवप्रसाद गुरुङ, राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो भने गुरुङ जातिका विभिन्न समाजले आ–आफ्नो मौलिक झाँकीसहितका सांस्कृतिक प्रस्तुतिहरु गरेका थिए ।

शुक्र, पुस १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter