ब्यबसायीदेखि कर्मचारी सम्म स्वार्थ लिएर मन्त्रालय धाउछन् : श्रम मन्त्री

काठमाडौं, पुस १५ ।
श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगार ब्यबसायी, कर्मचारीदेखि कुटनीतिक ब्यक्तिहरुसम्म आआफ्नो स्वार्थ लिएर मन्त्रालय आउने गरेको बताउनु भएको छ ।

वैदेशिक रोजगार ऐन र नीतिसम्बन्धी पौरखी नेपालद्वारा आयोजित सर्वपक्षीय बैठकमा मन्त्री गुरुङले वैदेशिक रोजगारको लागि विदेश गएका नेपाली कामदारको समस्या भन्दा आफ्नो स्वार्थ पूर्ती गर्न मन्त्रालय धानेहरु धेरै रहेको बताउनु भयो ।

आफुले जीबनभर प्रजातन्त्रको रक्षा र इमानदारीको रुपमा संर्घष गरेको भन्दै उहाले श्रम मन्त्रालय पैसाको मुठा लिएर आउने मन्त्रालयको रुपमा देख्न नचाहेको प्रतिक्रिया दिनुभयो ।
वैदेशिक रोजगारको लागि विदेश गएका नेपाली कामदारलाई व्यवस्थित गर्न आफू चिन्तित रहेको भन्दै उनले यो क्षेत्रमा धेरै थरी रोग लागेको टिप्पढि गर्नुभयो ।

कार्यक्रममा संसदको श्रम तथा अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिका अध्यक्ष प्रभु साहले वैदेशिक रोजगारीको क्षेत्रमा सरकारलाई अगाडि बढाउने हिसाबले आफूहरुले काम गरिरहेको बताउनु भयो ।

महिला आयोगका अध्यक्ष भगवती घिमिरेले महिला कामदारको सुरक्षाको लागि शशक्तिकरणको आवश्यक रहेकोले कामदारको सुरक्षा र हितको लागि राज्यका निकायहरु जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले आप्रबासी कामदारको हितको लागि आयोगले कार्ययोजना सहित बनाएर काम थालेको जानकारी दिनुभयो ।

साउदी अरबका लागि पूर्वराजदुत उदयराज पाण्डेले घरेलु कामदारमा जाने महिलालाई तालिमको निकै आवश्यक रहेको औल्याउनु भयो ।

शुक्र, पुस १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया