घरजग्गा व्यवसायी सुधीर बस्नेत जेल चलान

काठमाडौं, पुस १३ । अर्बौ रुपैया ठगि गरि फरार रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरी आज जेल चलान गरेको छ ।

वित्तीय अपराधमा दोषी ठहर भइ फरार बस्नेताललाई अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले हिजो पक्राउ गरि आज जेल चलान गरेको हो ।

काठमाडौंको धापासीस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई आज काठमाडौं जिल्ला अदालतमा हाजिर गराएर फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको छ ।

१ अर्ब ६० करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका बस्नेतलाई काठमाडौं जिल्ला अदालतको दुईओटा फैसला र भक्तपुर जिल्ला अदालतको एक फैसला कार्यान्वयन नभएकोले पक्राउ गरिएको काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी जानकारी दिनुभयो ।

काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा २०७२ चैत १६ गते २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

त्यस्तै, काठमाडौं जिल्ला अदालतले अर्को ठगीको मुद्दामा २०७३ असार ३० गते ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद फैसला गरेको थियो ।

भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्दामा २०७२ मंसिर ७ गते २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना तोकेको थियो ।

अदालतले बारम्बार दोषी ठहराए पनि बस्नेतलाई भने वर्षौंदेखि फरारको सुचीमा राखिएको थियो ।

बुध, पुस १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया