निर्वाचनको मिति छिट्टै घोषणा गर्ने माओवादी केन्द्रको निर्णय

काठमान्डौ पुस १३ ।
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने निर्णय गरेको छ ।

माओवादी हेडक्वार्टरको आज बिहान बसेको बैठकले एमाले र मधेसी मोर्चासँग छलफल गरेर एक साताभित्रै स्थानीय तहको चुनाव घोषणा गर्ने निर्णय गरेको हो ।

माओवादीले स्थानीय निकायको पुरानै संरचनाको नभई नयाँ स्थानीय तहको चुनाव गर्नुपर्नेमा जोड दिएको छ । बैठकले संविधान संशोधन विधेयक र निर्वाचन सम्वधी ऐन कानुनलाई पनि अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।

बैठक पछि प्रवक्ता पम्फा भुसालले एमालेसँग विषयवस्तुमा सहमति गर्ने र नभए प्रक्रियामा भए पनि सहमति गरेर संशोधन प्रक्रिया अघि बढाउने निर्णय भएको जानकारी दिनु भयो ।

बुध, पुस १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया