२ महिना भित्र सविधान शसोधन गरेर स्थानीय निर्वाचन गर्ने सत्तारुढ दलको छलफल

काठमाण्डौ, पुस १२। सत्तारुढ नेपाली काग्रेस र माओवादी केन्द्रले सविधान शसोधन गरी २ महिना भित्र स्थानीय निकायको निर्वाचन गर्नेबारे मधेशीमोर्चासगँ छलफल गरेका छन् ।
आज प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा काग्रेस र माओवादी केन्द्रका नेताहरुको प्रस्तावप्रति सकारात्मक बनेको मधेशी मोर्चाका नेताले सविधान शसोधन भए निर्वाचनमा जाने बताएका थिए ।
बैठकमा कॉग्रेस नेताहरुले स्थानीय निकायको निर्वाचनको मिति तोकेर अघि बढ्न सरकारलाई सुझाव दिएका थिए ।
त्यसमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू संविधान शसोधन र निर्वाचन विधेयकलाई एकैसाथ अघि बढाउन आफू तयार रहेको बताउनु भएको थियो ।
संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै विपक्षी दलले फिर्ता वा स्थगन गर्न भनिरहेका बेला सत्ता पक्षको निर्णयसँगै राजनीतिक टकराव झन बढ्ने भएको छ ।

मङ्ल, पुस १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...