‘चोखो माया लाईदिन्छु खुमा बालै भएन’ भन्दैछन् गायक मोहन

काठमाण्डौ पुस १२ ।

नवगायक मोहन साउद अर्को निकै मिठो गीतकासाथ साङगितिक बजारमा आएका छन् । कर्ण संञ्ज्यालको शब्द, संगीतमा मोहनले उक्त गीत हालै बजारमा ल्याएका हुन् ।

पछिल्लो समय साङगितिक क्षेत्रमा लागि परेका उनले हालै काठमाण्डौ डिल्लिबजारस्थित तरङ रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गरेका छन् । गीतमा गायिका खुमा थापामगरले निकै मिठो आवाज मिसाएकी छन् ।

हाँख्ने बोल्ने, रमाउने बानी छ बोलको गीतबाट साङगितिक यात्रा थालेका गायक मोहन कैलाली जानकीनगर गाविस ४ बडरियाका स्थानिय बासिन्दा हुन् । सानैबाट बिभिन्न साङगितिक कार्यक्रममा सहभागिता जनाउँदै आएका उनले आफु निरन्तर साङगितिक क्षेत्रमै लागि पर्ने पनि बताए ।

पहिलो गीती एल्वमको तयारीमा रहेको बताउँदै गायक साउदले चाँडै यस गीतको भिडियो समेत बजारमा ल्याउने जानकारी दिए । मिठो आवाजका धनि गायक साउदको साङगितिक यात्रा निरन्तर अघि बढोस हाम्रो पनि शुभकामना ।

मङ्ल, पुस १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया