तत्काल चुनाव घोषणा गर्न ओलीको माग

काठमाण्डौ ,पुस १२ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल चुनाव घोषणा गर्न माग गर्नुभएके छ ।

आज रिपोर्टर्स क्लबको प्रतिनिधिको ज्ञापन पत्र बुझ्दै अध्यक्ष ओलीले वर्तमान राजनीतिक गतिरोधको निकास नै निर्वाचन भएकाले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने उहाले माग गर्नुभयो ।

चुनाव घोषणा गर्नको लागि संसद नचाहिने भन्दै उहाले मुलुकमा तीन वटा निकायको चुनाव गर्नुपर्ने भएकोले सरकारले त्यतातर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सरकार गठन गर्दा कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा्बिच भएको तीन बुँदे सम्झौताको कार्यान्वयनको अभ्यास गरिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड अहिले गुरिल्ला ट्रेल र आफू दुई चार दिन बास बसेको घरमा संग्रहालय बनाउँछु भन्दै हिँडेको आरोपसमेत लगाउनुभयो ।

मङ्ल, पुस १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter