काठमाण्डौं मख्खन टोलमा आगलागी करोडौको क्षति

कमल काफ्ले

पुष १२ ,काठमाण्डौं ।
काठमाण्डौं महानगरपालिका वडा नं ३५ स्थित काजीरत्न स्थापितको घरमा लागेको आगोका कारण करोडौं रुपैया बराबरको धनमाल क्षति भएको छ ।

दिउसो २ बजेतिर घरको तेस्रो तल्लामा रहेको प्रकाश श्रेष्ठ र दिपक पाठकको सयुक्त स्वामित्वमा रहेको दिदी बहीनी साडी सोरुमको गोदाममा सल्किएको आगोले घरको पुरै भागमा क्षति पुर्याएको थियो ।

घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि काठमाण्डौ महानगरपालिाकको ४ तथा ललितपुर नगरपालिकाको १ वटा दमकल परिचालन गरी एक घण्टामा नियन्त्रणमा लिईएको थियो ।

आगलागी के कारणले भएको हो एकीन नभएको प्रहरीले जनाएको छ ।

मङ्ल, पुस १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...