संशोधन प्रस्तावको विरोधमा रोल्पामा हस्ताक्षर संकलन अभियान सुरु


काठमान्डौ,पुस १२।
सरकारले ५ नम्बर प्रदेश विभाजन गर्ने गरी संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै त्यसको विरोधमा रोल्पाका नागरिकको हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।

संशोधन प्रस्तावको विरोधमा आन्दोलनरत रोल्पाका सरोकारवालाले संयुक्त संघर्ष समितिको अगुवाईमा जिल्लाका नागरिकको हस्ताक्षर संकलन अभियान थालेको हो ।

आज देखि आगामी पुस १८ गतेसम्म जिल्लाका नागरिकको हस्ताक्षर संकलन गरिने संयुक्त संघर्ष समितिका संयोजक सांसद अमरसिङ पुनले जानकारी दिनु भयो ।

हस्ताक्षर संकलन गरेर आगामी पुस २७ गते केन्द्रीय नेताको उपस्थितिमा जिल्लामा विरोध सभा गरी सरकारलाई बुझाइने सांसद पुनले बताउनु भयो ।

मङ्ल, पुस १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया