कांग्रेस माओवादीले आज मधेशी मोर्चासँग छलफल गर्दै

काठमाडौ १२ पौष ।  

संविधान संशोधन प्रक्रिया लगायत मुलुकको पछिल्लो राजनितिक अवस्थाका बारेमा सत्तारुढ दल कांग्रेस माओवादीले आज मधेशी मोर्चासँग छलफल गर्दैछन् ।

मोर्चाको माग सम्बोधनका लागि भन्दै संविधान संशोधन विधेयक संसदमा दर्र्ता गरेपछि उत्पन्न राजनितिक गतिरोध अन्त्य गर्ने पहल स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक आह्वान गर्नुभएको हो ।

अपरान्न ३ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शिर्ष नेताहरुको समेत सहभागीता रहने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी एमालेसहितका दलको विरोधका कारण पटक पटकको संसद बैठक अवरुद्ध हुँदा संसदको कामकारबाही समेत प्रभावित बनेको छ ।

बैठकमा स्थानीय निकायको निर्वाचनका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । व्यवस्थापिका संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसले स्थानीय निकाय वा तहको निर्वाचन जतिसक्दो छिटो गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

मङ्ल, पुस १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...