विप्लव माओवादीले आज देशव्यापी विरोध प्रदर्शन गर्दै

काठमाडौ, पुस १२।
पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा उत्रिएको नेकपा माआवादीका जनवर्गीय सङ्गठनहरुले आज विरोध स्वरुप देशव्यापी विरोध प्रदर्शन गर्दै छ । आज दिउसो १ बजे देशव्यापी विरोध प्रदर्शन गर्ने बताइएको छ ।

इन्धनको मूल्य बृद्धि, महंगी, कालोबजारी, भ्रष्टाचारविरुद्ध विप्लव नेतृत्वको नेकपा माओवादी निकट विभिन्न जनवर्गीय संगठनहरुले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार मूल्य भन्द पनि धेरै मुल्यबृद्धि गरेको, सर्वसाधारण महंगीको मारमा हुँदा पनि सरकारले मूल्य बृद्धि बढाएको भन्दै पार्टी निकट ११ संगठनहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

घोषित कार्यक्रम अनुसार भोली मशाल जुलुस, १४ गते अन्तरक्रिया र १५ गते विहान ९–१० बजे चक्का जाम रहेका छन् ।

उनीहरुले सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता नभए थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

मङ्ल, पुस १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...