भोजपुर, पुस ११ ।
आज देखि भोजपुरमा यात्रुबाहक बसका सञ्चालकलाई कुटपिट गरेको आरोपमा अनिश्चितकालीन यातायात बन्द गरिएको छ ।
गत शनिबार धरानबाट भोजपुर आउँदै गरेको ना ४ ख ७३१७ नम्बरको यात्रुबाहक बसका सञ्चालक पर्वत तामाङलाई बिना कारण तिवारी भन्जाङ गाविसका गौतम राईसहितको १५ जनाको टोलीले मरनासन्न हुने गरी कुट पिट गरेको थियो ।
कुटपिट गर्नेलाई पक्राउ गरी भोजपुर जिल्ला प्रहरी कार्यलयमा ल्याए पनि उल्टै प्रहरी प्रशासनले पीडकलाई प्रश्रय दिने काम गरेकाले आफूहरुले विरोध स्वरुप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको संयुक्त बस व्यवसायी संघले जनाएको छ ।
घटनामा संलग्नलाई कानुनी कारबाही नगरिए सम्म बन्द फिर्ता नगर्ने संघले बताइएको छ । संयुक्त बस व्यवसायी संघ भोजपुर, सगरमाथा ट्याक्सी व्यवसायी संघ, ट्र्याक्टर संघ, नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर सङ्गठन लगायतले प्रेस विज्ञप्ति जारी गर्दै बन्द गरेका हुन् ।
सोम, पुस ११, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य समाचार समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम