मुलुकमा भाषिक युद्ध गराउन संशोधन प्रस्ताव ल्याएको एमाले महासचिव पोखरेलको आरोप

काठमान्डौ पुस १० ।
नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले सरकारले देशमा भाषिक युद्ध गराउने योजना अनुसार नै संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाउनु भएको छ ।

प्रेस चौतारी बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोख्रेलले संशोधन प्रस्तावमा भाषाको कुरा राखेर हिन्दी भाषालाई सरकारी कामकाजको भाषाको अनुसूचीमा राख्ने र नेपालमा भाषिक युद्ध गराउने योजना सहित प्रस्ताव ल्याइएको बताउनु भयो ।

संविधान गतिशिल दस्तावेज भए पनि अहिले ल्याइएको प्रस्तावले भाषिक युद्ध गराउने र राष्ट्रिय एकता छिन्न भिन्न गराउने नेता पोखरेलको दावी छ ।

संशोधन प्रस्ताव संविधानको खुलेआम उल्लंघन भएको बताउँदै नेता पोख्रेलले राष्ट्रिय हितविपरित र साम्प्रदायिक सदभाव खल्वलाउने गरी ल्याइएको संशोधन प्रस्तावमा आफूहरुले कुनै हालतमा छलफल गर्न नदिने उल्लेख गर्नु भयो ।

आइत, पुस १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...