पर्वतको सालिग्राममा चोरको समुहद्धारा विद्यालयमा आगजनी

काठमाडौ १० पौष ।  

पर्वतको सालिग्राम गाविसस्थित सेतीवेनी बजारमा रहेको सालिग्राम माध्यमिक विद्यालयमा अज्ञात समुहले आगजनी गरेको छ ।

गएराति करिब १२ बजेको समयमा गरिएको आगजनीबाट विद्यालयका महत्वपूर्ण कागजात र लाखौं मुल्य बराबरको क्षति भएको छ ।

सेतीवेनी बजारका रेशम न्यौपानेको पसलमा प्रवेश गरी चोरीको प्रयास गर्दा स्थानीयवासीले लखेटेपछि विद्यालय पुगेको चोरको समुहले आगजनी गरेर भागेको बताइएको छ ।

आगजनीबाट भएको क्षतिको यकिन विवरण आउन भने बाँकी रहेको स्थानीय प्रहरीले जनाएको छ ।

आइत, पुस १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया