लाइसेन्सको अनलाइन फारम आज देखि भर्न सकिने

काठमाडौं पुस १० ।
सरकारले आज देखि सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को फारम अनलाइनबाट भर्न सकिने प्रणालीको औपचारिक सुरु गर्ने भएको छ ।

आज अपरान्ह ३ बजे देखि अनलाईन प्रणालीको सुरु गरिने यातायात व्यवस्था विभागले जनाएको छ । अनलाईन प्रणालीको आज उद्घाटन भए तापनि फारम संकलनको काम भने भोलीबाट मात्र अघि बढ्ने विभागले जनाएको छ ।
सेवाग्रीको चाप व्यवस्थापन गर्न विभागले लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन संकलन गर्न सुरु गर्न लागेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिनु भयो ।

अनलाइन फाराम यातायात व्यवस्था विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डीओटीएम डट जीओभी डट एनपी मा गएर फाराम भर्न सकिन्छ ।

अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने छ । यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्नुु नपर्ने विभागले जनाएको छ ।

यस्तै विभागले पुस महिनाभित्रै काठमाडौंको कलंकी, चावहिल र भक्तपुरमा लाइसेन्सको लिखित परीक्षा तथा ट्रायल परीक्षा लिने गरी यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याउने तयारी गरिहेको छ।

आइत, पुस १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter