नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा लैजा थारुहरुको माग

नवलपरासी ,९ पुस ।

नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा लैजानुपर्ने माग गदै थारु कल्याणकारिणी सभा नवलपरासीले आज विरोध सभा गरेको छ ।

बिरोध सभामा बोल्दै थारु अगुवाहरुले आफ्ना माग सबै सम्बोधन नभए पनि जिल्ला टुक्राएर आफूहरुलाई प्रदेश नम्बर ५ बाट पनि अलग गरीएको भन्दै अहीलेको सीमांकन आफूहरुलाई मान्य नभएको बताएका र्थि ।

कल्याणकारिणी सभा नवलपरासीका अध्यक्ष गणेशमान महतोले चितवनदेखी कञ्चनपुरसम्म थारु बाहुल्यता क्षेत्र भएको भन्दै यसलाई थरुहट प्रदेशमा रुपान्तरण गर्न समेत माग गरीएको बताउनु भयो ।

सांसद रुक्मिणी चौधरीले अधिकारका लागि सधै जागरुप हुन र पहिचान मेटाउने दुश्प्रयासका विरुद्ध एक भएर लाग्न समेत आग्रह गर्दै भुमीपुत्र थारुहरुको अधिकारका लागि राज्यसँग आफूहरु लडीरहेको बताउँदै संर्घष पुरा नभएको बताउनु भयो ।

थारु समुदायले जिल्लाको डण्डामा शान्तिपुर्ण प्रदशर्न गर्दै आफ्ना माग पुरा नभए कडाभन्दा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

थारु कल्याणकारिणी सभाले जिल्लाको परासी क्षेत्र प्रदेश नम्बर ५ र नवलपुर क्षेत्र ४ मा राखीएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

शनि, पुस ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य देश/राजनीति समाचार