भोली (आईतवार) सार्वजनिक बिदा

काठमाण्डौ ,९ पुस ।
क्रिसमसको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

क्रिश्चियनहरुको चर्को दबाबपछि सरकारले आज क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले क्रिसमसको अवसरमा भोली सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयो ।

विश्वभरका इसाई धर्मावलम्बीहरुले इसा मसिह अथवा जिसस क्राइस्टको जन्म दिन पारेर हरेक वर्ष २५ डिसेम्बरका दिन क्रिसमस मनाउँदै आएका छन् ।

शनि, पुस ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया