पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय एकताबिरुद्ध प्रहार गर्दै : प्रचण्ड

दाङ, ९ पुस ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार गरिरहेको दाबी गर्नुभएको छ ।

दाङमा आज भएको पत्रकार सम्मेलनमाबोल्दै प्रधानमन्त्री दाहालले पूर्वराजा शाहले छट्पटाएर पछिल्लो पटक विज्ञप्ति जारी गरेको टिप्पडि गर्नुभयो ।
ज्ञानेन्द्र बलियो नभएर छट्पटाएको भन्दै उहाले त्यसबारे बढी चर्चा गर्नुपर्ने आवश्यक नभएको बताउनु भयो ।

केहिदिन अघि बसेको मन्त्रीपरिषदमा दरबार हत्याकाण्डबारे छानबिन गर्नुपर्छ भनेर छलफल नभएको भन्दै उहाले बरु अघिल्लोचोटि आफू प्रधानमन्त्री हुँदा छानबिन गर्नुपर्छ भनेर बोलेको चर्चा गर्नुभयो ।

संसदको अबरोध खुलाउनेबारे आफू काठमाडौं फर्किनसाथ प्रयत्न गर्ने भन्दै एमालेले आफ्नो हठ त्याग्नुपर्नेमा जोड दिनुभयो ।

शनि, पुस ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...