कांग्रेस जिल्ला कोषाध्यक्षहरुको भेला आज सकिदै

काठमाडौ ९ पौष ।  

राजधानीमा हिजोदेखि सुरु भएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको भेला आज सकिदैछ । दुई दिने सममेलनले काठमाडौ घोषणा पत्र जारी गर्ने तयारी गरेको छ ।

सम्मेलनमा राजनैतिक दलहरुले आर्थिक व्यावस्थापनका लागि गर्ने चन्दा संकलन अभियानको भय त्रासबाट मुक्त गर्ने उपाय, आयव्ययको पारदर्शीता सार्वजनिकरण गर्ने व्यवस्था लगायतका बिषयमा छलफल भइरहेको जनाएको छ ।

यसअघि हिजो पहिलो दिन पार्टीको १२ औं महाधिबेशनपछि उत्पन्न राजनीतिक परिस्थिति र यसका प्रभाव बारे गम्भीर छलफल भएको प्रचार प्रसार समितीले जनाएको छ ।

भेला संयोजक गोविन्द पुडासैनीले लेवीको व्यवस्था, आर्थिक व्यवस्थापन र स्थानीय निकायको चुनावका विषयमा बिस्तृत छलफल भएको प्रतिक्रिया दिनुभयो ।

यस्तै सम्मेलनले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै राजनितिक दललाई न्युनतम आर्थिक सहयोगको व्यावस्था गर्न आवश्यक पहल गर्न राज्यको ध्यानाकर्षण गर्ने जनाईएको छ ।

शनि, पुस ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...