वैदेशिक रोजगारीको प्रलोभनमा मानव बेचबिखनको जोखिम बढ्दो

काठमाडौ ९ पौष ।  

वैदेशिक रोजगारीको प्रलोभनमा मानव बेचबिखनका जोखिम पछिल्लो समय बढ्दै गएको छ ।

सन् २०१६ को डिसेम्बर १५ सम्ममा ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले एकवर्षको अवधिमा वैदेशिक रोजगारीका बहानामा बाह्य बेचबिखनको जोखिममा रहेका ६० जना किशोरीलाई उद्धार गरेको छ ।

नयाँ बसपार्क तथा त्यस आसपास क्षेत्रका रेष्टुरेन्टबाट १८ वर्ष भन्दा कम उमेरका बालिका फेला परेको ‘विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले जानकारी दिनुभयो ।

मानव बेचबिखनको ट्रान्जिट प्वाइन्टका रुपमा डान्स, दोहरी, क्याबिन रेष्टुरेन्ट लगायत मनोरञ्जन क्षेत्र विकसित हुँदै गएकाले यसमा सरकारको निगरानी बढाउनपुर्ने भण्डारीले बताउनु भयो ।

भूकम्पपछि बालबालिका तथा किशोरी बढी जोखिममा रहेको छ । ती बालबालिकालाई प्रहरीको सहयोगमा विभिन्न पुनःस्थापना केन्द्र तथा व्यावसायिक सीप केन्द्रमा तालिमको व्यवस्था गरिएको छ ।

शनि, पुस ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...