लोकमानलाई कालोमोसो दल्ने माथि अनुसन्धान सुरु , सात दिन थुन्ने म्याद

काठमाडौं, पुस ८ ।

अख्तियार दुरुपयोग अुनसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुईजना माओवादी कार्यकर्तामाथि प्रहरीले सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
उनीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत् प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज पक्राउ परेका नेकपा माओवादीका विद्यार्थी नेताहरु प्रकाश शाही र चन्द्रबहादुर बुढालाई सात दिनको म्याद थप गरेको छ ।

शाही र बुढाले अख्तियारका निलम्बित प्रमुख कार्कीमाथि विहीबार सर्वोच्च अदालतमा कालोमोसो दल्दै मुक्का प्रहार गरेका थिए ।

यसअघि लोकमानले विज्ञप्ति निकालेर आफूलाई दुर्व्यवहार गर्ने दुई युवालाई कुनै कारबाही नगरी रिहा गरिदिन सुरक्षा निकायलाई आग्रह गरेका छन् ।

शुक्र, पुस ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया