प्रचण्ड सरकारको औचित्य सक्यो– यादव

काठमाडौं ७, पुस । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष एवं पूर्वमन्त्री विजय यादवले प्रचण्ड सरकार असफल भइसकेको टिप्पणी गरेका छन् । संविधान संशोधन गरी असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने मुख्य कार्यभार रहेकोमा प्रचण्ड सरकार त्यसमा विफल भइसकेको यादवको टिप्पणी छ ।

‘यो सरकारले सबैलाई समेटेर सहमतिमा संविधान संशोधन गर्नुबाहेक दायाँबायाँ गर्नुनै हुन्थेन’– संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बिहिबार प्रेस फोरम निकट संचारकर्मीहरुसँग कुरा गर्दै यादवले भने, ‘संशोधन जस्तो मूल एजेन्डाबाट बाहिर गइसकेको प्रचण्ड सरकारको औचित्य अब रहेन ।’

मोर्चासँग तीन बुँदे सहमतिको जगमा बनेको प्रचण्ड सरकारको मूल उद्देश्य संविधान संशोधन गरी असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउनु रहेको यादवले स्मरण गराए । ‘कांग्रेस र माओवादीकै नेताहरु संशोधनको प्रस्ताव विरुद्ध गतिविधिमा संलग्न हुँदा पनि उनीहरुमाथि कारबाही हुँदैन किन ? कतै प्रचण्डकै निर्देशनमा संशोधन प्रस्तावको विरोध त भइसकेको छ ?’– नेता यादवले गम्भीर आशंका व्यक्त गरे ।

नेकपा एमालेको मुख्य उद्देश्यनै जातीय द्धन्द्ध सिर्जना गरी मुलुकलाई विभाजन र अनिश्चितकालीन अस्थिरतातर्फ लैजाने बताउँदै उनले मुलुक जोगाउन संघीयता, गणतन्त्र र पहिचानवादी शक्तिहरुलाई एकजुट हुन समेत आग्रह गरे । ‘एमाले मात्रै होइन, प्रमुख तीन दल मिलेरै धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र समावेशी लोकतान्त्रलाई समाप्त पार्ने खेलमा लागेको देखिन्छ’– उनले भने । खासगरी, संविधान संशोधनको विरोधका नाममा एमालेले नश्लीय अभिव्यक्ति मुलुकलाई विभाजनतर्फ धकेल्न खोजेको यादवको आरोप छ ।

बिहि, पुस ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter