बैतडीमा आज देखि स्वास्थ्य विमाको दर्ता प्रक्रिया सुरु हुदै

बैतडी, पुस ७ ।
आज देखि बैतडीमा पहिलोपटक स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु हुने भएको छ । देशका तीन जिल्ला कैलाली, बाग्लुङ र इलाममा सञ्चालन गरिएको यो कार्यक्रम सुदूरपश्चिमका बैतडी र अछाम सहित २५ जिल्लामा विस्तार गर्न लागिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले बताएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँच जनाको परिवारले दुई हजार पाँच सय जम्मा गर्नुपर्ने र एक वर्षसम्म ५० हजार उपचार निःशूल्क रुपमा प्राप्त गर्ने बताइएको छ ।

पाँचजना भन्दा बढी परिवारका सदस्य भएमा चार सय २५ रुपैयाँका दरले थप शूल्क तिर्नुपर्ने समितिले जनाएको छ ।

बैतडीमा कार्यक्रम सञ्चालनका लागि ७० जना दर्ता कर्मचारी छनौट गरिएको छ । उनीहरुले प्रत्येक घरदैलोमा गएर स्वास्थ्य बीमाका बारेमा जानकारी गराउनाका साथै सदस्यता वितरण गर्ने समितिले जनाएको छ ।

पुस महिनाभरि दर्ता भएकाले फागुनदेखि स्वास्थ्य बीमाको सेवा पाउने बताइएको छ ।

बिहि, पुस ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...