आजदेखि दैनिक नारायणगढ–मुग्लिन सडकखण्ड ४ घण्टा बन्द हुने

काठमाडौं, पुस ७।
आज देखि दैनिक नारायणगढ मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । सडक विस्तारका लागि सो सडक खण्ड आज देखि दैनिक चारघण्टा बन्द गर्न लागिएको बताइएको छ ।

उक्त सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी नचल्ने नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका सूचना अधिकृत शिव खनालले जानकारी दिनुभयो । दैनिक चार घण्टा सडक बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न उहाँले आग्रह समेत गर्नु भएको छ ।

उक्त सडकखण्ड हुदै पूर्व जाने साना गाडी काठमाण्डूको बल्खु, दक्षिणकाली सडकखण्ड हुँदै हेटौंडा निस्कन सक्नेछन् भने यात्रुबाहक बस र ट्रक ट्याङकरले विपी राजमार्ग तथा बाइरोडको बाटो प्रयोग गर्न सक्नेछन् ।

काठमाडौं, भक्तपुर, बनेपा हुँदै बर्दिवास निस्कने विपी राजमार्ग र नागढुंगा नौबिसे हुँदै बाइरोडको बाटो प्रयोग गर्न सक्ने नारायणघाट मुग्लिन सडकखण्ड आयोजनाका सूचना अधिकृत शिव खनालले बताउनुभयो ।

यस्तै पश्चिम जाने र आउने गाडीले मुग्लिनबाट पोखरा–स्याङजा–वालिङ हुँदै बुटवल निस्केर गन्तव्यमा पुग्न सक्नेछन् ।

बिहि, पुस ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter