मधेसी मोर्चा सम्मिलित गठबन्धनको बैठक बस्दै

काठमाण्डौ ,७ मंसिर ।

मधेसी मोर्चा सहितको संघिय गठबन्धनको बैठक आज बस्दै छ।

तीनकुनेस्थित संघिय समाजबादीकोक कार्यलयमा केहिबेरमा बस्ने बैठकमा संबिधान संसोधन प्रक्रिया अघि बढ्न नसकेको बारेमा छलफल हुनेछ ।

एमाले सहितका ८ प्रतिपक्षी दलको अबरोधका कारण संसदमा दर्ता भएको संबिधान संसोधन प्रस्ताव टेबन हुन सकेत सकेको छैन ।

बैठकले बिधेयक दर्ता भएको तीन साता सम्म पनि प्रक्रिया अघि नबढेकोले सो बिषयमा छलफल गर्ने र थप रणतिनिति तय गर्ने सद्भावना पार्टीका महासचिव मनिस सुमनले बताउनु भयो । संसोधन प्रस्ताव पारीत गराउनेबिषयमा सत्तारुढ र प्रतिपक्षी दललाई दबाब दिने रणनिती तय गर्ने उहाले बताउनु भयो ।

बिहि, पुस ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...