विप्लव माओवादीको युवा विद्यार्थीद्धारा आज उपत्यका बन्द

पुष ७ काठमाण्डौं । विप्लव माओवादी निकट युवा तथा विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि विरुद्ध आज उपत्यका बन्दको आव्हान गरेको छ ।
बन्दले विहानै बाट जनजीवन प्रभावित बनेको छ । यातायातका साधनहरु बिहानै देखि कम चल्न थालेका छन् । बन्द बेलुकी ५ बजे सम्म कायम रहने राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष झक बहादुर मल्लले जानकारी दिनु भयो । वन्दको पूर्व सन्ध्यामा हिजो एक घण्टा चक्काजाम समेत गरिएको थियो ।

बिहि, पुस ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...