स्थानीय निकाय निर्वाचनको विषयमा एमिकस क्युरी डाक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्थानीय निकायको निर्वाचन समयमा सम्पन्न गराउन माग गर्दै दायर भएको मुद्दामा संवैधानिक जटिलता उत्पन्न भएकाले एमिकश क्युरी मार्फत अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
न्यायधीशद्वय चोलेन्द्र शम्शेर जबरा र आनन्दमोहन भट्टराईको संयुक्त इजलाशले संविधानको धारा ३ सय ३ बमोजिम स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने विषयमा संवैधानिक प्रश्न समावेस भएकाले नेपाल बार र सर्वोच्च बारबाट तीन-तीन जना वरिष्ठ अधिवक्तालई एमिकस क्युरीका रुपमा उपस्थित गराउन आदेश दिएको हो ।
एमिकस क्युरीलाई अदालतको सहयोगीका रुपमा लिने गरिन्छ । अदालतले सो मुद्दाको आउँदो पुष १३ गते अन्तीम सुनुवाईका लागि पेशी तोक्न समेत आदेश दिएको छ । संवैधानिक जटिल प्रश्न उठेका विषयमा एमिकस क्युरी मार्फत हेर्न आदेश दिने गरिन्छ ।
संविधानसभाको ३ पटक सम्म म्याद थपेको विषयमा समेत एमिकस क्युरी उपस्थित गराउन सर्वोच्चले आदेश दिएको थियो । सो रिट अधिवक्ता चन्द्रकान्त ज्ञवाली सहित ६ जनाले मुद्दा दायर गरेका थिए । सर्वोच्चले स्थानीय निकायको निर्वाचनको मिति घोषणा समयमा नगरिएको बारे यसअघि सरकारका नाममा कारण देखाउ आदेश दिएको थियो ।

बुध, पुस ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...