राजनितिक दललाई न्युनतम चन्दाको व्यावस्था हुनपर्यो : काग्रेस

काठमाडौं, पुस ६ ।
आगामि पुस ८ गतेदेखि नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ ।

कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईको ९३ औं जन्मजयन्तीको अवसर पारेर आगामि शुक्रबार राष्ट्रिय सभागृहमा सम्मेलनको आयोजना गर्ने राष्ट्रिय सम्मेलन आयोजक समितिले जनाएको छ ।

आज राजधानीमा पत्रकार सम्मेलन गरि समितिका संयोजक गोविन्द पुडासैनीले शुक्रवार बिहान ८ बजे देखि सम्मेलन सुरु हुने जानकारी दिनुभयो । दुईदिने कांग्रेस जिल्ला कोषाध्यक्षहरुको प्रथम सम्मेलनको काग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको हो ।

सम्मेलनले राजनैतिक दलहरुले आर्थिक व्यावस्थापनका लागि गर्ने चन्दा संकलन अभियानको भय ,त्रासबाट मुक्त गर्ने उपाय ,आयव्ययको पारदर्शीताको सार्वजनिकरण गर्ने व्यावस्था र अन्य लोकतान्त्रिक मुलुकमा जस्तै राजनितिक दललाई न्युनतम आर्थिक सहयोगको व्यावस्था गर्न आवश्यक पहल गर्न राज्यको ध्यानाकर्षण गर्ने जनाईएको छ ।

बुध, पुस ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...