संशोधन प्रस्ताव पास गराउन ज्यान फालेर लाग्दिन : प्रचण्ड

धनगढी ,६ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दर्ता भएको संबिधान संसोधन प्रस्ताव फिर्ता नहुने दोहोर्याउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले प्रस्ताव फेल भएमा पनि आफुलाई कुनै आपति नभएको भन्दै फिर्ता भने नहुने स्पष्ठ पार्नुभयो ।

धनगढीमा दोस्रो पटक ७ नं प्रदेशका अगुवा कार्यकर्तालाइ प्रशिक्षण दिँदै उहाले संशोधन प्रस्ताव पास गराउन आफू ज्यान फालेर नलाग्ने पनि बताउनु भयो ।

कांग्रेस , मधेसवादी सबैले संसोधन प्रस्तावमा स्वामित्व लिनु पर्ने भन्दै दाहालले एमालेसँग संसद खोल्नका लागि पहल गर्ने पनि बताउनु भयो ।
लोकमान सिंह कार्की्विरुद्धको महाअभियोग र निर्वाचनका विषयमा एमालेसँग छलफल गरी संसद खुलाउनु पर्नेमा उहाको जोड छ ।
प्रस्ताव फिर्ता हुँदैन उहाले भन्नुभयो , बरु सहज तरिकाले पास फेल जे हुन्छ त्यसमा मलाई कुनै आपत्ति छैन’ । एमालेले संसदको अबरोध चाडै अन्त्य गर्ने भन्दै सरकारले अब छिट्टै निर्वाचनका लागि तयारी सुरु गर्ने पनि बताउनु भयो ।

स्थानीय निर्वाचन गराउने र लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पास गराउने शर्तमा संशोधन प्रस्तावप्रति प्रधानमन्त्रीले आफू लचिलो हुने संकेत दिँदै कार्यकर्ताहरुलाई स्थानीय निर्वाचनको तयारीमा लाग्न पनि निर्देशन दिनुभयो ।

बुध, पुस ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...