पश्चिमका केहि जिल्लामा आज पनि प्रदर्शन जारी

गुल्मी ,६ पुस ।
प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई टुक्र्याउने गरी सरकारले संसदमा दर्ता गरेको संबिधान संशोधन प्रस्तावको बिरोधमा आज पनि पश्चिमका विभिन्न जिल्लामा प्रदर्शन कायमै छ ।

गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठानलगायतका जिल्लामा बन्द आह्वान नगरिए पनि प्रदर्शनहरु भइरहेका छन् । आज पनि बिहानै देखि ती जिल्लामा दिनहुँको प्रदर्शनले जनजीवन प्रभावित बन्दै गएको छ ।

विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले गरेको प्रदर्शनले सरकारी कामकाजसमेत प्रभावित बनेको छ ।

संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म धर्ना र प्रदर्शनलाई अझ सशक्त बनाउँदै लैजाने संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जनाएको छ ।

बुध, पुस ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया