एमाले र मधेशवादी दुवैको माग सम्बोधन स्थानीय तह निर्वाचनबाट हुन्छ : कानुनमन्त्री

काठमाडौ ६ पौष ।  

कानूनमन्त्री अजय शंकर नायकले एमाले र मधेसीवादी दलहरुको माग सम्बोधन गर्ने अन्तिम बिकल्प स्थानीय तहको निर्वाचन भएको बताउनु भएको छ ।

वर्तमान समयमा जसले जे भने पनि राष्ट्रको पहिलो आवश्यकता र सर्वपक्षीय सहमतिको मिलनबिन्दू भनेको स्थानीय तहको निर्वाचन भएको उहाँको भनाई छ ।

रफत सञ्चार क्लबले आज भक्तपूरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै कानूनमन्त्री नायकले मधेसी मोर्चा र एमालेले आ आफ्नो हठ् त्याग्दै निर्वाचन मिति घोषणामा सहयोग गर्नुपर्ने बताउनु भयो ।

सबैले स्थानीय तहको निर्वाचनको बिषय उठाइरहेको भएपनि निर्वाचन सम्बन्धी बिधयेक संसदबाट अघि बढ्न नसकेको भन्दै उहाँले बिधयेक पास गरी तोकिएकै समयमा निर्वाचन गर्नेतर्फ अघि नबढे देशले ठूलो क्षति व्यहोर्नुपर्ने जिकिर गर्नुभयो ।

संविधान संशोधन लगायत सबै बिषयमा प्रमुख दलहरुले सहमतिको सरकार निर्माण गरी राजनीतिक गतिरोधलाई निकास दिनुपर्ने मन्त्री नायकले बताउनु भयो ।

उहाँले वर्तमान समयमा एमालेले परम्परागत प्रतिपक्षको भूमिका भन्दा पनि राष्ट्रिय पार्टीको नेतृत्वको भूमिका खेल्दै मुलुकको राजनीतिक गतिरोध अन्त्यको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सरकारले नबुझेको आरोपको खण्डन गर्दै कानूनमन्त्री नायकले आयोगको रिपोर्ट बुझ्ने र आयोगलाई थप सुझाव दिने काम छिट्टै हुने दावी गर्नुभयो ।

बुध, पुस ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter