केहि दिनमा नै राजनीतिक गतिरोध अन्त्य हुन्छ : देउवा

काठमाडौं, पुस ६ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केहिदिन भित्रै संसदको अबरोध र मुलुकको राजनीतिक संक्रमण अन्त्य हुने दाबी गर्नुभएको छ ।

बुढानीलकण्ठ स्थित आफ्नै निवासमा आज कलाकार तथा चलचित्रकर्मीहरुलाई पार्टीमा प्रवेश गराउँदै सभापति देउवाले छिट्टै मुलुकले निकास पाउने बताउनु भयो ।

संविधान कार्यान्वयन र निर्वाचन गराउन अबरुद्ध संसद् खुलाउने प्रयास भइरहेको भन्दै उहाँले मुलुकलाई निकासा दिने विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमाले बाधक नबन्ने विश्वास ब्यक्त गर्नुभयो ।

कलाकार तथा चलचित्रकर्मीहरु रमेश बुढाथोकी, रामकेशर बोगटी, पुष्कर लामा, नम्रता योगी, बिपना बस्नेतलगायतलाई टीका र माला लगाएर सभापति देउवाले पार्टी प्रवेश गराए ।गराउनु भएको थियो ।

उहाले मुुलुक निर्माणमा चलचित्रकर्मी, कलाकार, सञ्चारकर्मीलगायतको भूमिका महत्वपूर्ण हुने भएकाले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

बुध, पुस ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...