तिवारी हत्याको विरोधमा आज पनि रुपन्देही बन्द,

काठमाडौं, पुस ६।
एमालेका भातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज पनि रुपन्देही जिल्ल बन्द रहेको छ ।

घटनाको सत्यतथ्य छानवीन, हत्यामा संलग्नलाई तत्काल कारवाही गर्न माग गर्दै युवा संघले जिल्ला बन्द आह्वान गरेको हो । बन्दका कारण सवारी साधन सञ्चालनमा आउन सकेको छैन भने पठनपाठन पनि ठप्प रहेका छन् ।

हत्याको विरोध गर्दै सोमबार साँझबाटै आन्दोलनमा उत्रिएका एमाले कार्यकर्ताले हिजो दिनभर र आज बिहानैदेखि रुपन्देही सहित विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले तिवारी हत्याको आरोपमा तीन जनालाई पक्राउ समेत गरेको छ । तिवारीको शव यात्रासहित आज अन्त्येष्टि गर्ने तयारी गरिएको संघले जनाएको छ ।

यसैविच तिवारीको हत्याको छानविन गर्न बनेको उच्चस्तरीय समितिले आज देखि काम थाल्दैछ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वमा गठित चार सदस्यीय छानविन समितिले आज देखि काम थाल्न लागेको हो ।

समितिलाई घटनाको छानबिन गरी सत्यतथ्य सहितको प्रतिवेदन १५ दिनभित्र बुझाउने जिम्मेवारी दिइएको छ । तिवारीलाई गोली हान्नेको खोजी भइरहेको बताइएको छ ।

देवदह नगरपालिका ढेकावार कोलीयामा मोटरसाईकलमा आएका दुई अज्ञात ब्यक्तिको गोली प्रहारबाट गम्भीर घाईते भएका तिवारीको उपचारका क्रममा सोमबार अपरान्ह निधन भएको थियो ।

बुध, पुस ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter