नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा बराम निर्वाचित

काठमाडौ ६ पौष । 

नेपाल आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वमा जगत बराम निर्वाचित हुनु भएको छ । चितवनमा सम्पन्न नवौ महाधिवेसनबाट काग्रेस माओवादी र संघीय समाजवादी गठबन्धनबाट बरामी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

महासंघको उपाध्यक्षमा किरण सुनुवार, गणेशलाल थकाली, नविन रोका, लोकबहादुर दुरा, श्यामप्रसाद मण्डल, सोनम लामा र कृष्णाकुमारी शेरचनसहित आठ जना चुनिएका छन् ।

यसैगरी महासचिव पदमा नित्यानन्द ताजपुरिया चुनिनु भएको छ भने सचिवहरुमा आङपाङ शेर्पा, गोपाल माझी, दानसिंह राउटे, राजकुमार बोटे र सुकविर थामी रहेका छन् ।

यस्तै महिला सचिवमा लाक्पा हिसे शेर्पा, शान्तिदेवी धिमाल, सुकमती राजवंशी, सोनम लामा मुगाली र श्रुतीमाया कुमाल रहेका छन् भने कोषअध्यक्षमा मुकुन्द बहादुर पहरी चुनिनु भएको छ ।

५४ वटा विभिन्न जातिय संस्थाका प्रतिनिधिले निर्वाचनमा मतदान गरेका थिए । पदीय भागभण्डमा सहमति जुट्न नसक्दा महाधिवेशन एक दिन लम्बिएको थियो ।

बुध, पुस ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया