पुरानो संरचनामा निर्वाचन हुदैन : प्रधानमन्त्री दाहाल

सुर्खेत , ५ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पुरानै संरचनालाई आधार मानेर निर्वाचन गर्न सहमत नभएको स्पष्ठ पार्नुभएको छ ।

सुर्खेतको बिरेन्द्रनगरमा आज संचारकर्मीसंग प्रधानमन्त्री दाहालले पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन नहुने भन्दै आफुले त्यसमा सहमती नजनाएके पनि स्पष्ठ पार्नुभयो ।

पुरानै संरचनामा निर्वाचन गर्नु भनेको संविधान कार्यान्वयनबाट पछाडि हट्नु भएको उहाको भनाई छ । माओबादी केन्द्रको प्रदेश स्तरिय प्रशिक्षणका लागी प्रधानमन्त्री दाहाल सुर्खेत पुग्नुभएका उहाले संघीयता, गणतन्त्र, धर्म्निरपेक्षता, समावेशीता उल्ट्याउन कोशिस भइरहेको दावी गर्नुभयो ।

माओवादी आन्दोलन कमजोर भएकाले परिवर्तनका मुद्दा उल्टाउने शक्तिले षडयन्त्र गरेको भन्दै प्रधानमन्त्री दाहालले परिवर्तनका मुद्दा जोगााउन छरिएका माओवादीबीच एकता आवश्यक रहेको औंल्याउनुभयो ।

विगतमा एमालेले अघि सारेको र कांग्रेसले समर्थन गरेको प्रस्तावलाई सरकारले संसदमा दर्ता गरेको दोर्होयाउँदै प्रधानमन्त्री दाहालले बिरोधमा एमाले लगायतका दलले बखेडा निकाल्नु आश्र्चयजनक भएको टिप्पणी गर्नुभयो ।

प्रशिक्षणमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधानमा संस्थागत गरिएका परिवर्तनका मुद्दा कार्यान्वयनका लागि एकतावद्ध भएर जनतामा जानुपर्नेमा जोड दिनुभयो ।

मङ्ल, पुस ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...