ट्रम्पको जितले पायो औपचारिकता , जनवरी ६ मा कंग्रेसको संयुक्त बैठकमा घोषणा गर्ने

काठमाडौं, पुस ५ ।

अमेरिकामा सम्पन्न इलेक्टोरल कलेज मतदानमा पनि ३०४ मतले डोनाल्ड ट्रम्प विजयी हुनुभएके छ । ट्रम्पले ३०४ र उनकी प्रतिस्पर्धी हिलारी क्लिन्टनले २२७ इलेक्टोरल मत पाउनु भयो ।
योसँगै उनलाई अमेरिकाको ४५औं राष्ट्रपतिको रुपमा इलेक्टोरल कलेजले पनि प्रमाणित गरेको छ । राष्ट्रपतीय निर्वाचनमा विजयी भएको ६ हप्तापछि रिपब्लिकन नेता ट्रम्पले आवश्यक २७० इलेक्टोरल मत पार गरेपछि उनको जितले औपचारिकता पाएको हो ।

मत परिणामपछि ट्रम्पले मुलुकलाई एकताबद्ध गर्न कडा मिहिनेत गर्ने र सबै अमेरिकीको राष्ट्रपति बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मतपरिणामको औपचारिक घोषणा भने जनवरी ६ मा कंग्रेसको संयुक्त बैठकमा घोषणा गरिने छ ।

इलोक्टोरल मतदानमा विजयी हुने उम्मेदवार नै अमेरिकामा राष्ट्रपतिमा निर्वा्चित हुने प्रावधान रहेको छ । इलेक्टोरहरुलाई ठूलो संख्यामा आएका इमेल र फोनहरुबाट अर्बपति ट्रम्पलाई समर्थन नगर्न आग्रह गरिएको थियो ।

लाखौं अमेरिकीले अनलाइनमार्फत् ओभल अफिसमा ट्रम्प अनुपयुक्त रहेको जिकिर गरेका थिए । विभिन्न राज्यहरुमा ट्रम्पविरुद्ध प्रदर्शनसमेत भएको छ । अमेरिकामा राज्यहरुको जनसंख्याको आधारमा इलेक्टोरल मतदाता निर्धारण हुन्छ ।

इलेक्टोरल मतदानमा छानिएका ५ सय ३८ व्यक्तिलेमात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

मङ्ल, पुस ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...