दुर्गा तिवारी हत्याको विरोधमा काभ्रेमा चक्काजाम

काभ्रे ,५ पुस ।
युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा काभ्रेमा पनि चक्काजाम गरिएको छ ।
दिउसो १ बजे बनेपाको चारदोबाटोमा विरोध र्याली सहित निस्केको जुलुसले चक्का जाम गरेको हो ।

युवा संघ काभ्रेले युवा संघ नेपालको हिजोका स्थायी कमिटी बैठकको निर्णय अनुसार चक्का जाम गर्नुका साथै शोक पुस्तिका उठाएको छ । संघले नेकपा एमाले काभ्रे जिल्ला पार्टी कार्यालय बनेपामा तिवारीको तस्विर राखी श्रद्धाञ्जली सहित सोक पुस्तिका राखेको हो । सोक पुस्तिका उठाएपछि जम्मा भएका सयौँ युवाहरू जुलुस सहित चारदोबाटो चोकमा पुगेर चक्काजाम गरेका हुन् ।

कार्यक्रममा युवा संघ नेपालका उपाध्यक्ष चन्द्र लामाले भने— दुर्गा तिवारीको हत्या विरुद्ध देशभर भएका आजका विरोधका कार्यक्रमहरु ट्रेलर मात्रै हुन्, आवस्यक परे सिङ्गो युवा शक्ति देखाउन तयार छौं ।

ार्यक्रममा काभ्रेको बनेपा, धुलिखेल, पनौती, जनागाल लगायत जिल्लाका विभिन्न भेगबाट युवा नेता तथा कार्यकर्ताहरू रहभागि भएका थिए ।

उक्त विरोध कार्यक्रमको नेकपा एमाले काभ्रेका सदस्य एवं युवा इन्चार्ज राकेश लामा, युवा संघ काभ्रेका अध्यक्ष होमप्रसाद चौलागाईं, उपाध्यक्ष विक्रम चौलागाईं, सचिव रमेश लामा, अनेरास्ववियुका केन्द्रीय सदस्य निरोज पाण्डे, विद्यार्थी नेताहरू नवराज सापकोटा लगायतले नेतृत्व गरेका थिए ।

मङ्ल, पुस ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया