प्रधानमन्त्री दाहाल आज पश्चिम नेपाल जाँदै

काठमाडौ ५ पौष ।  

पश्चिम नेपालका विभिन्न जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री दाहालले आज बिहान साढे ११ बजे हुम्लाको हिल्सामा पुल उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका स्वकीय सचिव मनोहर प्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।

त्यसपछि उहाँ सुर्खेतमा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले दिउँसो २ बजे सुर्खेतमा नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

विभिन्न कार्यक्रम सकेर उहाँ आजै साँझ काठमाडौ फर्किने कार्यतालिका रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मङ्ल, पुस ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...