देशभक्त जनगणतान्त्रिक मोर्चाद्धारा तेलको मुल्य वृद्धि

पुष ५ काठमाण्डौं । आयल निगमद्वारा २०७३ पौष ३ गते पेट्रोलियम पदार्थको मूल्यमा गरिएको वृद्धिप्रति क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चाले विरोध जनाएको छ ।
मोर्चाका अध्यक्ष सिपी गजुरेलले विज्ञप्ति जारी गरी  चरम महंगी र आर्थिक अभावको मारमा पिल्सिएका नेपाली जनतामाथि यसले थप महंगी र आर्थिक दूरावस्था पैदा गर्ने भन्दै मुल्य वृद्धि फिर्ता गर्न माग गर्नु भएको छ । मुल्यवृद्धि फिर्ता नभए सघर्षमा जान बाध्य हुने गजुरेलले चेतावनी दिनु भएको छ ।

मङ्ल, पुस ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...