सिन्धुलीमा घरेलु हिंसाको संख्या सबैभन्दा बढि

सिन्धुली, पुस ४ ।
अनौपचारिक सेवा केन्द्र ईन्सेकले सिन्धुली जिल्लामा एक बर्षमा घटेका समाजिक घटना तथा हिंसाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

जिल्लामा भएका बालश्रम, बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यवहार, मानव बेचबिखन जस्ता सामाजिक घटनाको प्रतिवेदन हालै सार्वजनिक गरिएको छ ।

सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्मका घटनाको विवरण अनुसार सिन्धुलीमा घरेलु हिंसाको संख्या सबैभन्दा बढि ७९ संख्या रहेको छ ।

यस्तै बालिका बालिका बलात्कार तथा बलात्कार प्रयास संख्या ९ ओटा, महिला बलात्कार तथा बलात्कार प्रंयासको संख्या ४, बहुबिबाहको संख्या ४, परिवारजनबाट हत्याको संख्या ४ रहेको छ ।

यस्तै हत्या प्रयासको संख्या २, मानव बेचबिखनको संख्या १ र गैरकानुनी यातना १ गरि १ सय ४ संख्यामा हिंसा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सोम, पुस ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया