प्रमुख तीन दलको बैठक निष्कर्ष बिहिन

काठमाण्र्डाै पुस ४।  

संसदमा जारी अवरोध हटाउने प्रयास स्वरुप सभामुख ओनसरी घर्तीको पहलमा बसेको प्रमुख तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ ।

सिंहदरबारमा सभामुख घर्तीसहित सत्तारुढ नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालका शीर्ष नेताबीच भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्तावलाई अघि बढाउन आग्रह गर्नुभएको थियो ।

यस्तै देशलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले संसदमा दर्ता भएको संशोधन प्रस्ताव अघि बढाएर चुनावको मिति पनि घोषणा गर्न सभामुखलाई आग्रह गर्नुभएको जनाईएको छ ।

बैठकपछि एमालेका नेता बामदेव गौतमले आफूहरुले चुनाव चाहेको भएपनि संविधान संशोधनको औचित्य नभएको र यसले चुनावलाई महत्व नदिएको भन्दै त्यो मान्य नहुने बताउनुभयो ।

यस विषयमा दलहरुबिच फेरि छलफल गरेर प्याकेजमै सहमति निकाल्ने प्रयत्न गर्ने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

सोम, पुस ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया