संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई चिठ्ठी

काठमाडौं, पुस ४ ।
संविधान संशोधन प्रस्ताव फिर्ताको माग गदै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिठ्ठी बुझाएको छ ।

प्रस्ताव फिर्ता लिन भन्दै देशभरिबाट अनेरास्ववियुको केन्द्रीय कार्यालयमा आएका चिठ्ठीमध्ये एउटा चिठ्ठी प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहका चक्रपाणी खनाल बलदेव मार्फत प्रधानमन्त्रीलाई बुझाइएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।

सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा एमालेसहित विपक्षी दलका भातृ संगठनले आन्दोलन गरिरहेका छन् ।

सोम, पुस ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...