सिन्धुपालचोकमा स्कारपियो दुर्घटनामा परी ८ जनाको मृत्यु

सिन्धुली- काठमाडौंबाट हलेसी तर्फ जाँदै गरेको स्कारपियो गाडी सुनकोसीमा खस्दा चालक सहित ८ जनाको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको रत्नावती गाविस ३ सोखुखोला नजिक सडकबाट सुनकोसीमा खस्दा ४ जना पुरुष र ३ जना महिलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 बा १२ प ८८९७ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई सडकबाट सुनकोसीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर निर्मल पनेरुले जानकारी दिए।

 दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङगकटट् ६ का ५० बर्षिय साङगदोर्जे शेर्पा, सोही स्थान ७ का ५७ बर्षिय बाले शेर्पा, बर्ष ५० की बिवुती शेर्पा, बर्ष ५० कै सर्किनी शेर्पा, गाडी चालक लमजुङ सानिभन्ज्याङ अन्दाजी ४० बर्षका झपटबहादुर गुरुङ काठमाडौं महानगरपालिका स्वायम्भु गोल्ढुङकी ६० बर्षिय टुकुली शेर्पा र सनाखत हुन नसकेका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पनेरुले जानकारी दिए।

आइत, पुस ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया