प्रदेश नम्बर पाँच टुक्राएको विरोधमा आजपनि विभिन्न जिल्लामा बन्द तथा प्रदर्शन जारी


काठमाडौ पुस ३।
सरकारले प्रदेश नं ५ का जिल्लालाई टुक्राउने गरी संसद सचिवालयमा दता गरेको संविधान संशोधनको विरोधमा पश्चिम नेपालका केहि जिल्लामा आज पनि बन्द रहेको छ ।

विभिन्न दलको समर्थममा संयुक्त संघर्ष समिति बनाएर गरिएको तिन दिने बन्दको तेस्रो दिन आज बर्दिया, अर्घाखाँची, रुपन्देही, प्युठान र रोल्पामा यातायातका साधन चलेका छैनन् भने बजार पसल तथा कलकारखाना पनि ठप्प रहेका छन् ।

असन्तुष्ट पक्षको माग सम्बोधनका लागि भन्दै सरकारले ल्याएको संविधान संशोधनको विरोधमा गरिएको लगातारको बन्दले त्यहाको जनजिवन कष्टकर बन्दै गएको छ ।

यस्तै आज १९ औं दिनपनि गुल्मी जिल्ला बन्द नै रहेको छ । बन्दकर्ताले शैक्षिक संस्था खुल्न दिने भने पछि शैक्षिक संस्था खुले यातायातका साधान सन्चालनमा आउन नसक्दा सर्वसाधारण मर्कामा परेका छन् ।

आइत, पुस ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया