अन्तर्रा्ष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं, पुस ३ ।
आज डिसेम्बर १८ अर्थात् अन्तर्रा्ष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्रा्ष्ट्रिय महासन्धि पारित गरेको थियो । सोही दिनको सम्झनामा हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्रा्ष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।

सुरक्षित आप्रवासनका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाले दिवसको अवसरमा आज विभिन्न कार्यक्रम को आयोजना गरेका छन् ।

नेपालमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकको अधिकार सुनिश्चतताका लागि वकालत गर्दै सरकारको ध्यानाकर्षण गराउने गरेका छन् ।

नेपालमा प्रत्येक दिन करीब १७ सयको हाराहारीमा नेपाली कामका लागि विदेशिने गरेको सरकारी तथ्यांक छ । जस अनुसार ३० लाखभन्दा बढि नेपाली अहिले रोजगारीका लागि विदेशमा रहेको मानिन्छ ।

तर योभन्दा निकै ठूलो संख्यामा नेपालीहरु कामका लागि विदेशमा रहेको अनुमान छ । आप्रवासी कामदारले भित्र्याएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र थेगिएको भएपनि सरकारले पनि सुरक्षित र स्वाभीमानयुक्त श्रमका लागि भने जत्ति काम नगरेको गुनासो बढेका छन् ।

सरोकारवालाहरुले सुरक्षित आप्रवासनका लागि सरकारले आवश्यक नीति नियम बनाई त्यसको कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

आइत, पुस ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया