सत्तारुढ काग्रेस माओवादी र मधेशीमोर्चाबीच बिधेयक परिमार्जन गर्ने तर फिर्ता नलिनेबारे छलफल

पुष २ काठमाण्डौं ।  सत्तारुढ काग्रेस र माओवादी केन्द्रका नेताहरुले मधेशी मोर्चालाई संसोधन विधेयक फिर्ता नलिने भन्दै बरु परिमार्जन गर्न तयार रहेकाले सहमतिमा आउन आग्रह गरेका छन् ।
आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलमा मोर्चाका नेताअरुले आफूहरुको मुद्धा सवोधन हुने गरी परिमार्जन भए स्वामित्व लिएर अघि बढ्न तयार रहेको बताएका छन् ।
साथै आजको छलफलमा विधेयक पारीत गर्न एमालेसगँ थप छलफल गर्ने निर्णय भएको पनि जानकारी दिनु भयो ।  बैठक पछि काग्रेस नेता चीनकाजी श्रेष्ठले मधेशी मोर्चाकै प्रस्तावमा यो विधेयक आएकाले उनीहरुको स्वामित्व आवस्यक पर्ने बताउनु भयो ।
मोर्चाका तर्फबाट महन्त ठाकुर उपेन्द्र यादव सहितका नेताहरुले सरकार स्थानिय निकायको निर्वाचन गराउने तिर लागेको भन्नेबारे जिज्ञासा राख्दै त्यस्तो अवस्थामा निर्वाचन हुन नसक्ने चेतावनी समेत दिएका थिए ।
सविधान शसोधन विधेयक विरुद्ध एमाले उभिएकाले पारीत हुन कठिन पर्ने देखिएकाले दलहरु छलफलमा व्यस्त छन् ।

शनि, पुस २, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...