माओवादी केन्द्र ,काग्रेस र मधेसी मोर्चाबीचको छलफल जारी

काठमाण्डौ ,२ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेशी मोर्चाको छलफल भईरहेको छ ।

बालुवाटारमा जारीे बैठकमा संविधान संशोधन, निर्वाचन, निर्वाचन कानून, एमालेले गरेको संसद अवरोध लगायतका विषयमा छलफल भईरहेको माओवादी नेतृ तथा पार्टी प्रवत्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

छलफलमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु तथा मधेशी मोर्चाका तर्फवाट शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।

मोर्चा नेताहरुले संसदमा दर्ता भएको संबिधान संसोधन प्रस्ताव तत्काल अघि बढाउने बिषयमा ध्यानाकर्षण गराउन प्रधानमन्त्री र काग्रेस सभापति देउवासँग छुट्टाछुट्टै भेट्ने प्रस्ताव गरेपनि प्रधानमन्त्रीले संयुक्त रुपमा भेट्ने तालिकासहित मोर्चा नेताहरुलाई बालुवाटारमा बोलाउनुभएको हो ।

एमालेको बिरोधलाई बाहना बनाएर संविधान संशोधन प्रक्रियालाई रोक्न खोजे मोर्चा आन्दोलनमा जानेवारे आजै सत्तारुढ दुई दलका शिर्ष नेताहरुको ध्यानाकर्षण गराइने तमलोपा अध्यक्ष महन्त ठाकुरले बताउनु भयो ।

एमालेको बिरोधका कारण संसोधन प्रक्रिया स्थगित गरेर निर्वाचनको तयारीमा जानेबारे प्रमुख तीन दलबीच संबैधानीक सहमती भएको समाचार सार्वजनिक भएपछि मोर्चाले त्यसतर्फ चासो देखाएको हो ।

यसअघि हिजो तमलोपाका अध्यक्ष महन्त ठाकुर र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री दाहाललाई भेटेर संशोधन प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएका थिए ।

शनि, पुस २, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया