आदिवासी जनजातिको अधिकारका लागि कुर्सी छाडेर विद्रोह गर्न तयार छुः प्रचण्ड

पुष २ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू बाहुन भए पनि आदिवासी जनजातिको अधिकारका लागि बन्दुक उठाएर संघर्ष गरेको बताउनु भएको छ ।

दश वर्षे जनयुद्धका क्रममा संघीयता , स्वायत्तता र जातिय मुक्ति र अधिकारको कुरा शसक्त रुपमा उठाएका कारण नै अहिले जागरण आएको बताउदै उहाले अहिले पनि आवस्यक परे कुर्सी छाडेर विद्रोह गर्न तयार रहेको बताउनु भयो ।

उहाले जनजाति आदिवासीको हक अधिकारका लागि जस्तो सुकै त्याग गर्न आफू तयार रहेको बताउनु भयो ।

पुष २ गते नेपाल आदिवासी जनजाति महासंघको नवौ अधिवेशनको चितवनमा उद्घाटन गर्दै उहाले सबै क्षेत्री बाहुन जनजाति विरोधी नभएको समेत बताउनु भयो ।
पहिचानकै लागि ठूलो बलिदानी भएको भन्दै उहाले आवस्यक परे आफूले प्रधानमन्त्री कार्यलयबाटै विद्रोह गर्ने समेत दावी गर्नु भयो ।

शनि, पुस २, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...